यी सात चिकित्सक, जसले अस्वीकार गरे सरकारी विभूषण

हेल्थपोस्ट नेपाल

सरकारले दिने निर्णय गरेको पदक प्राडा अशेष ढुंगानाले अस्वीकार गरेका छन्।

सरकारले संविधान दिवसका दिन दिने घोषणा गरेको प्रवल जनसेवाश्री पदक नलिने डा. ढुंगानाले घोषणा गरेका हुन्।

उनले विभुषण सिफारिस कार्यविधि एंव प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामति कर्मचारीको तह र क्षेणी साथसाथै शैक्षिक पद सहप्राध्याप सहर नमिलेकाले पदक अस्वीकार गरेको बताएका छन्।

तर, यो पहिलो पटक भने होइन।

यसभन्दा अगाडी पनि सरकारले विभूषणका लागि छनोट गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले पदक अस्वीकार गरेका छन्।

गृह मन्त्रालयले जारी गरेको २०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान र्पुयाएका १९२ जना व्यक्तिले पदक नलिएका छन्। जसमध्ये केही चिकित्सकका समेत नाम  छ।

जसमा तत्कालिन चिकित्सक शास्त्र अध्ययन संस्थान(त्रिविवि)मा कारर्यत डा. पुष्पराज शर्माले हालसम्म पनि पदक बुझेका छैइनन्।

उनी सुप्रवल जनसेवा श्री पदकको लागि सिफारिस भएका थिए।

त्यसैगरी, विसं २०६७ सालमा सुप्रवल जनसेवा श्री पदकको लागि छनोटमा परेका डा. भरत प्रधान, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पपताल( धुलिखेल) का तत्कालिन निर्देशक डा. रामकन्ड मकाजु( श्रेष्ठ), प्रवल जनसेवा श्री पदकको छनोटमा परेका डा. महेश मास्केले अस्वीकार गरेका थिए।

त्यस्तै, आँखा रोग विशेषज्ञ डा. राम प्रसाद पोखरेल, डा. सगुन जोशीले पदक अस्वीकार गरेका थिए।

सुप्रवल जनसेवा श्री पदकको छनोटमा परेका तत्कालिन बि एण्ड बि अस्पतालमा कार्यरत डा. अशोक बास्कोटाले पनि पदक बुझेका छैइनन्।

हेर्नुहोस् पदक बुझ्न बाँकी व्यक्तिहरुको सूची :



Leave a Reply

Your email address will not be published. Required fields are marked *