यस्ता छन् विभूषित हुने स्वास्थ्यकर्मीका काम

हेल्थपोस्ट नेपाल

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा वितरण गर्ने प्रदेश पदक संविधान दिवसका अवसरमा घोषणा गरिएको छ। सरकारले विभिन्न क्षेत्रमा योगदान र्पुयाएको भन्दै ५७ जनालाई प्रदेश पदकले विभूषित गर्ने भएको हो।

सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार संविधान दिवसको अवसरमा १० वटा विधाका पदकबाट विभूषित हुनेहरुको नाम घोषणा भएको हो।

प्रदेश सरकारले छनोट गरेका विभिन्न पदमध्ये स्वास्थ्य क्षेत्रका केही स्वास्थ्यकर्मी पनि परेका छन्।

कोरोना महामाहारीमा कुशल नेतृत्व तथा उपचार गरेका कारण प्रदेश सरकारले ११ स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ।

यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टर तथा स्वास्थ्यकर्मीको काम

१. डा. विजय उपाध्याय
आफू कोभिड–१९ संक्रमित हुँदा हुँदै पनि बिरामीको उपचारमा संलग्न र अस्पतालमा इन्डोस्कोपी सेवाको सुरु गरेको तथा अप्रेसन गरेको ।

२. रोशनलाल चौधरी
प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत कोभिड–१९ परीक्षणको व्यवस्थापनमा सहानीय भूमिका खेलेको तथा स्वास्थ्य निर्देशनालय मार्फत कोभिड–१९ रोकथाममा सहयोग गरेको।

३. डा. पुष्पराज पौडेल
लुम्बिनी प्रदेशमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सही सूचना प्रवाह गरी जनचेतना अभिवृद्दि गरेको, कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा मन्त्रालयको व्यवस्थापकीय भूमिका निभाएको र आयूर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी मापदण्ड, प्रोटोकल तथा निर्देशिका बनाई संक्रमितहरुको उपचारमा विशेष योगदान पुर्याएको ।

४. डा. सुभाष पाण्डेय
बर्दिया अस्पतालमा कोभिड–१९ संक्रमितहरुको उपचारमा शतत् रुपमा चिकित्सकीय एवं व्यवस्थापकीय रुपमा विशेष योगदान पुर्याई संक्रमितहरुको सहज उपचार व्यवस्था मिलाएको।

५. राम प्रसाद अर्याल
लुम्बिनी अस्पतालको आकस्मिक उपचार कक्षमा अहोरात्र खटिई कोभिड–१९ संक्रमितहरुको उपचारमा समर्पित भएको।

६. खिमा कुमारी पौडेल
कपिलबस्तु अस्पतालमा कोभिड–१९ संक्रमितहरुको उपचारमा अहोरात्र खटिई नागरिक सेवा प्रति पूर्ण समर्पित भएको।

७. देवा जिसी
भेरी अस्पतालको सेवामा रही कोभिड–१९ महामारीबाट संक्रमित भएका बिरामीहरुको उपचारमा निरन्तर संलग्न रहेको।

८. संगीता भट्ट
सानो श्री स्वास्थ्य चौकी बर्दियामा अनमी पदमा कार्यरत रही कोभिड–१९ अस्थायी अस्पतालमा बिरामीहरुको उपचार गरेको र कोभिड–१९ विरुद्ध खोप अभियानमा सक्रियतापूर्वक काम गरेको।

९. टेक बहादुर खत्री
कोभिड १९ रोकथाम तथा नियन्त्रण र अक्सिजन सिलिण्डर उत्पादहरुसँग समवन्य गरी अक्सिजन वितरणमा सहजीकरण गरेको।

१०. डा. अपसिद किदवाई
प्लाज्मा थेरापी विधिमार्फत कोभिड–१९ संक्रमित बिरामीको उपचार गरेको।

११. डा. कविता सिंहा
काठमाडौं उपत्यका बाहिर पहिलो पटक कोभिड संक्रमित प्रसुतीको अप्रेशन गरेको साथै कोभिडको समयमा प्रसुतीहरुको उपचार गरेको।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *