डा. अशेष ढुंगानाले गरे पदक अस्वीकार

हेल्थपोस्ट नेपाल

वीर अस्पतालमा कार्यरत छाति रोग विशेषज्ञ डा. अशेष ढुंगानाले सरकारले घोषणा गरेको प्रवल जनसेवाश्री पदक नलिने बताएका छन्।

सामाजिक सञ्जाल मार्फत संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको पदक नलिने निर्णय गरेको डा. ढुंगानाले जानकारी दिएका हुन्।

उनले विभुषण सिफारिस कार्यविधि एंव प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामति कर्मचारीको तह र क्षेणी साथसाथै शैक्षिक पद सहप्राध्याप सहर नमिलेकाले  पदक अस्वीकार गरेको बताएका छन्।

उनले राष्ट्रसेवा, बिरामीको सेवा र उपचार गर्दा मान, पद वी वा सम्मानको आशाले गर्न नहुने तर काम गर्दै जाँदा पुरस्कार पाउदा खुशी भने लागेको बताएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *