७ औषधि पसल निलम्बित (सूची सहित)

औषधि व्यवस्था विभागले ७ वटा औषधि पसललाई निलम्बन गरेको छ।
काठमाडौं, विरगञ्ज र ललितपुरका विभिन्न औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको छ।
निलम्बनमा पर्नेमा काठमाडौं महानगरपालिका २६ रहेको श्री प्रविन मेडिकल हल, विरगंज महानपालिकाको वडा १४ को श्री भाजुरत्न फर्मा प्राइभेट लिमिटेड, गोकर्णेश्वरमा रहेको नतुन फर्मा, चौलागाईं फर्मा र सर्वोच्च मेडिकल हल, ग्रिसा फार्मेसी र ललितपुरको प्राकृतिक हर्बास्युटिक्ल्स प्रालि रहेका छन्।
विभागले साउन महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला पारेपछि औषधि पसललाई निलम्बन गरेको हो।