थप १२३४ जना संक्रमणमुक्त, १६ काे मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ३८५ नमुना परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो।

८ हजार ५४० पिसिआर परीक्षणमा ८३५ जनामा र २ हजार ८१८ एन्टिजेन परीक्षणमा २३१ जनामा संक्रमण देखिएको हो।

 

मन्त्रालयका अनुसार सोही समयमा १ हजार २३४ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

हाल देशभर २५ हजार ८२ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २३ हजार ६३६ होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४४६ संस्थागत आइसोलेसनमा रहेका छन्। ३८९ संक्रमित आइसियुमा र १२१ संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

योसँगै संक्रमित हुनेको कुल संख्या ८ लाख ७२ हजार ८०० (पिसिआर र एन्टिजेन) पुगेको छ भने संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ। यस्तै ११ हजार २८ संक्रमितको मृत्यु भइसकेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *