सरकारी चिकित्सक संघको बागमती शाखाको नेतृत्वमा डा. त्रिभुवन चन्द्र झा

हेल्थपोस्ट नेपाल

सरकारी चिकित्सक संघ नेपाल (गोदान) को बागमती प्रदेशको शाखा गठन भएको छ। गोदानको बागमती प्रदेश शाखाको नेतृत्वको जिम्मेवारी डा. त्रिभुवन चन्द्र झाले पाएका छन्।

उपाध्यक्षमा डा. राम प्रसाद सापकोटा, सचिवमा डा. उमेश प्रधान, कोषध्यक्षमा डा. करुणा बज्राचार्य रहेका छन्।  त्यसैगरी, सदस्यमा डा. अनिल खरेल, डा. रोसन ग्वाछा, डा. किसन नेपाली छन्।

त्यस्तै सल्लाहकारमा डा. दिपेन्द्र पाण्डे, डा. सुमित्रा गौतम र डा. विश्ववन्धु वगाले छन्।  गोदानले एक सूचना निकाल्दै बागमती प्रदेश शाखाका जिम्मेवारी पाएका पदाधिकारी बधाई तथा शुभकामना दिएको छ।



One thought on “सरकारी चिकित्सक संघको बागमती शाखाको नेतृत्वमा डा. त्रिभुवन चन्द्र झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *