पूर्व प्रधानमन्त्री ओलीको आग्रहमा रोकियो डा. प्रेमराज ज्ञवालीको सरूवा

सरकारले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीको सरुवा रोकेको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सरकारले ज्ञवालीको सरूवा रोकेको उच्च स्रोतले बताएको छ।
गत २५ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै फिर्ता गर्ने निर्णय थियो। तर, प्रधानमन्त्री शेर बहादुर देउवालाई ओलीले गरेको आग्रहमा डा. ज्ञवालीको सरूवा रोकिएको हो।
डा. ज्ञवाली हटाउँदै सरकारले विवादै विवादमा मुछिएका डा. पुकारचन्द्र श्रेष्ठलाई पुन निर्देशकको जिम्मेवारी दिने योजना बनाएको थियो।
तर, श्रेष्ठलाई निर्देशक बनाउने निर्णयको व्यापक विरोध भएपछि सरकारले अर्को कुनै व्यक्तिलाई निमित्त निर्देशकको बनाउने निर्णय गरेको थियो।
डा. ज्ञवालीले शुक्रबार दिनभर चलखेल गरेर ओलीको आग्रहमा प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री देउवाले सरूवा रोकेका हुन्।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले प्रत्यारोपण केन्द्रमा ४ बर्षका लागि डा. ज्ञवालीलाई नियुक्ती दिएको थियो।
केन्द्रमा डा. ज्ञवालीले कुनै सेवा विस्तार तथा सुधारको काम नगरेको कार्यरत चिकित्सकको आरोेप समेत लागेको छ।