निजामती अस्पतालका चिकित्सकले दिए १० दिने अल्टिमेटम, माग पुरा नभए आन्दोलनमा

हेल्थपोस्ट नेपाल

डाक्टर्स एसोसियसन अफ सिभिल सर्भिस हस्पिटलमा कार्यरत चिकित्सकले माग पुरा गर्नका लागि १० दिने अल्मिेटम दिएका छन्।

उनीहरूले करार कार्यविधि र कर्मचारीको सेवा सुविधाप्रति आपत्ति जनाउँदा तत्काल सुधार गर्न लागि अस्पताल प्रशासनलाई अनुरोध गरेका छन्।

करार कार्यविधि र कर्मचारीको सेवा सुविधा सम्बन्धमा निजामति कर्मचारी अस्पताल प्रशासन तथा सम्बन्धित उच्च निकाय र स्वास्थ मन्त्रालयमा छलफल गरी झुटो आश्वासन सहित विपरित कार्यविधि आएको एसोसियसन अध्यक्ष डा. सुमनबाबु मरहठ्ठाले जानकारी दिए।

एसोसियसनले करार कार्यविधिलाई सुधारेर कर्मचारीको हकहितको सुरक्षालाई सम्बोधन हुनेगरी संशोधित करार कार्यविधि ल्याउनुपर्ने र हालको सेवा सुविधा सम्बन्धित नियमहरु परिमार्जन गर्न माग गरेको छ ।

सो माग १० दिन भित्र परिमार्जन गरेर कार्यन्वयनमा ल्याउनुपर्ने र मागहरु पुरा नभएमा आन्दोलनमा उत्रने चेतावनी समेत एसोसियसनले दिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *