डा. प्रदीप ज्ञवाली विपद न्युनिकरण राष्ट्रिय पुरस्कारबाट सम्मानित

हेल्थपोस्ट नेपाल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली विपद न्युनिकरण सम्वन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. ज्ञवालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो। पुरस्कारको राशी २५ हजार र प्रमाणपत्र छ।

डा. ज्ञवालीले विपद् न्यूनीकरणमा उल्लेखनीय भूमिका खेलेको भन्दै मन्त्रालयले आज विभूषित गरेको हो।

यसैगरी विज्ञान पत्रकारिता पुरस्कारबाट पत्रकार मणि दाहाल, एरोनोटिकल इन्जिनियरिङ पुरस्कारबाट दीपकप्रसाद बास्तोला, उदयीमान प्रविधि पुरस्कारबाट डा. आभाष मास्के, अन्तरिक्ष प्रविधि पुरस्कारबाट उदयराज खनाल, जैविक प्रविधि पुरस्कारबाट प्रा.डा. प्रकाश घिमिरे पुरस्कृत भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *