शुक्रबार २५ हजार ४९७ जना सक्रिय संक्रमित, १० जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ नमुना परीक्षण गर्दा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा देशभर एक हजार ३५१ जना संक्रमणमुक्त भएको छन्। सोही समयमा १० जनाको संक्रमितको मृत्यु भएको छ।

शुक्रबार देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये २३ हजार ९५० होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा एक हजार ५४७ संक्रमित छन्।

त्यसैगरी, ११७ भेन्टिलेटरमा सहित ३८६ जनाको आइसियुमा उपचार भइरहेको छ। मन्त्रालयको अनुसार देशभर २२६ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *