स्टाफ नर्सको लागि वीरमा तीन हजारको आवेदन, यसरी हुँदैछ छनाेट प्रक्रिया

हेल्थपोस्ट नेपाल

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ( वीर) मा स्टाफ नर्सका लागि ३ हजार जनाको आवेदन परेको छ ।

भदौ २१ गते ६ महिना करारका लागि ५० जना कर्मचारी मागेकोमा ३ हजार हाराहारीमा आवेदन आएको अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले जानकारी दिए।

‘हामीले कोभिड बिरामीको उपचारका लागि ५० जना नर्स लिन लागेका हौं। छनोट समितिले आवेदन परेकाको अन्तवार्ता लिइरहेको छ। केही दिनभित्र टुंगो लाग्छ,’ डा. बस्नेतले भने।

उनका अनुसार नियुक्त पाएका स्वास्थ्यकर्मी कोभिड संक्रमित बिरामीको हेरचाह तथा उपचारमा खटिनुपर्ने छ।

दुई–तीन हप्ताभित्र नियुक्ति दिएर काममा लगाउने योजना रहेको डा. बस्नेतले बताए।

अस्पतालले यसअघि कोभिड बिरामीको उपचारका लागि १४५ जना नर्स, ४९ जना डाक्टर, ल्याब टेक्निसियनरसुरक्षागार्ड १०र१० जना र ५० जना सफाई कर्मचारी माग गरेको थियो। डाक्टर र स्टार्फ नर्स करार, ल्याब टेक्निसियन ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका छन्।

अस्पताल असार २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। ५ सय क्षमताको अस्पतालमा हाल २ सय ५८ बेड मात्र सञ्चालनमा छन्।

डा. बस्नेतले जनशक्ति आवश्यकता परेको बेला बिस्तारै थप्दै जाने बताए। अर्को हप्ता वीरमा थप ५० बेडको आइसियू थप हुँदै छ।

 



One thought on “स्टाफ नर्सको लागि वीरमा तीन हजारको आवेदन, यसरी हुँदैछ छनाेट प्रक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *