कोरोना खोपमा कडाइ, लगाउन नमान्नेलाई जागिरबाट निलम्बन र जरिवाना

हेल्थपोस्ट नेपाल

इटली सरकारले कर्मचारीहरूले खोप लगाएको वा कोभिड परिक्षणको नेगेटिभ नतिजा देखाएर मात्रै काममा सहभागी हुन पाउने नियम बनाएको छ।

यस्ता कर्मचारीहरूलाई सरकारले ‘हरियो पास’ दिनेछ। त्यो पास नभएका कर्मचारीहरू केही दिन निलम्बनमा पर्न सक्छन् वा कम्तीमा उनीहरुको पाँच दिनको पारिश्रमिक कटौती हुनेछ।

 

कोरोना महामारीबाट धेरै शीथिल भएको इटालीले आफ्ना नागरिकहरू सबैले खोप लगाउन् भन्ने चाहन्छ। खोप लगाउनेहरूको संख्या बढाउनका लागि उसले यस्तो नियम ल्याएको हो। सरकारले बनाएको नयाँ नियम आगामी अक्टोबर १५ देखि लागु हुनेछ।

अहिले पनि यो हरियो पास रेल स्टेशन, सिनेमा घर, रेस्टुरेन्ट, जिम हलहरू, पौडी पोखरीहरुमा अनिवार्य देखाउनैपर्छ। विद्यालयका कर्मचारीलाई त्यो नियम अनिवार्य गरिएको छ।

यो नियममा आगामी अक्टोबरदेखि करिब २ करोड ३० लाख मानिस अनिवार्य बाँधिनैपर्नेछ। हालसम्म करिब ४० लाख कामदारले खोप लगाएका छैनन्।

यो नियम नमान्नेहरूको पारिश्रमिक वा जागिर त गुम्छ नै त्यसमाथि १ हजार ८ सय अमेरिकी डलरसम्म जरिवानासमेत तिर्नुपर्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *