कस्तो होला आजको मौसम?

हेल्थपोस्ट नेपाल

मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने आँकलन गरेको छ।

भारतको उत्तर प्रदेश (यूपी) आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले सुप र लुम्बिनीमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको हो।

 

महाशाखाले भारी वर्षा हुने स्थानको पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाको पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिममा भने एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राती भने देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि शनिबार प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *