असोज १ गतेदेखि विद्यालय खोल्न पाइने

हेल्थपोस्ट नेपाल

काठमाडौं जिल्ला प्रशासनले असोज १ गतेदेखि निश्चित मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने बताएको छ। आज आदेश जारी गर्दै प्रशासनले भौतिक उपस्थितिमा विद्यालय खोल्न नपाइने तर खोल्नै पर्ने भएमा केही मापदण्ड अपनाउनु पर्ने बताएको हो।

जसअनुसार महानगरपालिका तथा नगरपालिकाले विद्यालय सञ्चालन गर्नुपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विष्लेषण गर्नुपर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथ सहचालक, क्यान्टिन सञ्चालक र संचालन समितिका पदाधिकारीले अनिवार्य कोभिड खोप लगाउनु पर्ने बताएको छ।

 

यस्तै अभिभावक तथा सरोकारवाला समूहको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयले संक्रमणको जोखिम कायमै रहेको भन्दै अनावश्यक रुपमा घरबाहिर नजान, भिडभाड नगर्न, जात्रा, जुलुसमा सहभागी नहुन पनि आग्रह गरेको छ।

यस्तै ढुवानीका साधन बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *