बालबालिकाहरूका लागि नियमित खोप लगाउन किन जरुरी छ?

खोप लगाउनु भनेको चाहिँ कुनै पनि रोगबाट जुन रोगको विरुद्दमा हामीले खोप उपलब्ध गराएका छौं। त्यो रोग विरुद्ध लड्न सक्ने क्षमता विकास गर्ने हो।

यदि हामीले खोप लगाएनौं वा बच्चाहरूलाई खोप दिन सकेनौं भने बच्चाहरूसँग हामीमा जस्तो त्यो रोगसँग लड्ने क्षमता हुँदैन। र पटक पटक ती रोगहरुको बच्चाहरूलाई आक्रमण गर्न सक्ने जोखिम रहन्छ।

त्यसो हुँदा खेरी बच्चाहरू बिरामी हुन सक्छन्। सँगसँगै, बिरामी मात्र हैन, हामीले जुन खोप लगाउनु पर्छ भनेका छौ ती खोपहरु नलगाएको अवस्थामा र रोगहरु लागेको बेलामा हामीले नचाहेको अप्रिय घटना, बालिकाहरुको मृत्यु पनि हुन सक्छ। त्यसकारण यसबाट जोगाउने हो र बालबालिकालाई रोगी हुनबाट जोगाउने हो भने हामीले खोप लगाउनु पर्ने हुन्छ।

हामी आम अभिभावकहरुले, स्वास्थ्यकर्मीहरुको दायित्व , महिला स्वयंसेविकाहरुको दायित्व, शिक्षक शिक्षिकाको दायित्व की बच्चाहरु यसरी खोप लिनबाट त्यो समयमा छुटेका बच्चा छन्। ती छुटेका बच्चाहरुलाई हाम्रो खोपको कार्यक्रमको स्पष्ट निर्देशिकाहरु छन्, ती निर्देशिका अनुसार स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीहरुसँग सल्लाह गरेर कसरी खोप लगाउनु पर्छ, कहिले लगाउन पर्छ भन्ने कुराको बारेमा विस्तृत जानकारी पाइन्छ।तसर्थ हामीले खोप सेवा उपलब्ध गराउने कुरा हामीले तदारुक्ता देखाइरहेका छौं।

त्यसकारण आम अभिभावकहरुलाई म के अपिल गर्न चाहन्छु भने आफ्ना बच्चाहरुलाई यदि त्यति खेर खोप लगाएका छैइन् भने उनीहरुमा रोग लाग्न सक्ने जोखिम ज्यूँ त्यु रहेको छ। त्यसकारण उनीहरुलाई सुरक्षा प्रदान गर्नको लागि नजिकको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सल्लाह गरेर छिटोभन्दा छिटो खोप लगाउने बन्दोबस्त गर्नु हुन म अनुरोध गर्न चाहन्छु।

दाहाल  स्वास्थ्य सेवा विभाग अन्तर्गतका  बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *