स्वास्थ्यचौकीका कर्मचारी देवशरन यादवले मेडिकललाई बेचे काेरोना खोप

हेल्थपोस्ट नेपाल

धनुषाको शहीदनगरको एक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले कोरोनाविरुद्धको खोप निजी मेडिकल पसललाई विक्री गरेको पाइएको छ।

बिहीबार नगरपालिकाको अनुगमनका क्रममा शहीदनगर–३ मा रहेको यदुकुहाका प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले नजिकैको मेडिकलमा कोरोनाविरुद्धको खोप बेचेको पाइएको नगरप्रमुख उदय बरबरियाले जानकारी दिए।

‘हामीकहाँ केही दिन अगाडी गुनासो आएको थियो। शहीनगर नगरपालिकाको सुशासन समितिको बैठकको निर्णयानुसार तीन वटा मेडिकल हलमा अनुगमन गरेको थियौं। जसमा श्रीराम हेल्थ केयरमा कोरोना खोप भेटियो,’ बरबरियाले हेल्थपोस्टसँगको कुराकानीमा भने।

 

 

उनका अनुसार मंजु मेडिकल र चौधरी मेडिकल हलमा केही औषधी म्याद सकिएको पाइएको थियो।

श्रीराम हेल्थ केयर कोरोनाविरुद्धको ६ थान भ्याक्सिन फेला परेको बताए । जसमा भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र स्ट्राजेनेका १ थान छ।

श्रीराम हेल्थ केयरका संचालक २१ बर्षीय कमलेश मण्डलले प्राथमिक केन्द यदुकहामा कार्यरत अहेब देवशरन यादवलाई दिएको भनी स्वीकार समेत गरेका छन्।

दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

श्रीराम हेल्थ केयरमा ताला समेत सिलबन्दी गरेको बरबरियाले जानकारी दिए।

मंजु मेडिकल हल र चौधरी मेडिकल हलमा केही औषधि समय नाघेको पाइएकोले यस्ता औषधि व्यस्थापन गर्न बिक्री–वितरण नगर्ने निर्देशन दिएको बरबरियाले बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *