स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश खारेज

हेल्थपोस्ट नेपाल

सरकारले संसदबाट समयमा पास नगराउँदा ११ अध्यादेश खारेज भएका छन्।

खारेज भएका ११ अध्यादेशमध्ये कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधी (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) गरी स्वास्थ्यतर्फका ३ अध्यादेश रहेको छन्।

अध्यादेशहरू संसद्मा पेस भएको ६० दिनसम्म पारित हुन नसक्दा निष्क्रिय भएका हुन्। साउन ३ गते प्रतिनिधि सभाको पहिलो बैठकमा पेस भएका यी अध्यादेशहरू भदौ ३० गते ६० दिन पुग्दै खारेज भएका हुन्।

अध्यादेश संसद्मा पेस गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ।

यो सँगै लामो प्रतिक्षा र दबाबपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन (पहिलो २०६६ संशोधन) खारेज हुन पुगेकाे हाे।

अध्यादेशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ युनिफाइड केन्द्रीय (वीर) अस्पताल समेत चलाइरहेको छ । अध्यादेश निष्किृय हुँदा उक्त अस्पतालको समेत काम कारवार्हीमा समेत प्रभावित हुने देखिएको छ।

तर, अध्यादेश सक्रिय राख्नका लागि सविंधानको धारा ११४ अनुसार दुवै सदनले स्वीकृत गराउनपर्ने हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *