कोरोना संक्रमण : थप ७ जनाको मृत्यु, १७६० जना संक्रमित

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १ हजार ७ सय ६० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा १२ हजार ५ सय २४ पिसिआर र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको छ। यो बीचमा १ हजार २ सय २० जना संक्रमित निको भएका छन्।

 

अहिलेसम्म ८ लाख ६८ हजार ६६५ जना मानिस संक्रमित भइसकेका छन् भने १० हजार ९९१ जनाको मृत्यु भइसकेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *