१५६२ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार २ सय ६६ पिसिआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन्।

 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख ६६ हजार ९०५ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ रहेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको कुल संख्या १० हजार ९८४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा र १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा छन्। उपचाररत ४५३ जना आइसियुमा र १३७ जना भेन्टिलेटरमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *