देशभर १०७७ जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै, यस्तो छ नयाँ कार्यविधि

हेल्थपोस्ट नेपाल

कोरोना भाईरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ पुनः संशोधन भएर आएको छ।

मन्त्रालयले कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ३३ को कार्यान्वयन गर्न मन्त्रालयले कोभिड – १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्वन्धी कार्यविधि २०७८ समेत जारी गरेको छ।

मन्त्रालयलका अनुसार कोभिड – १९ प्रतिकार्यका लागि भन्दै स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने भएको हो।

कार्यविधि काठमाडौं महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५–५ जना जनस्वास्थ्य निरीक्षकहरु रहने छन्। यस्तै, उप–महानगरपालिकामा ३–३ जना, नगरपालिकामा २–२ जना र गाउँपालिकामा १–१ जना जनस्वास्थ्य निरीक्षक परिचालन गरिनेछ। नेपालमा ६ वटा महानगरपालिका, ११ उप–महानगरपालिका, २ सय ७६ नगरपालिका र ४६० गाउँपालिका छन्।

यसरी खटिने निरीक्षकको सुरुको तलब स्केल ३७ हजार ७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता १ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुनेछ।

कार्यविधिमा जनस्वास्थ्य निरीक्षकको सेवा अवधी १ बर्षको हुने र महामारीको अवस्था मुल्यांकन गरी पदावधी थप गर्न सकिने बताइएको छ । मन्त्रालयले अहिले बहालमा रहेका स्थायी स्वास्थ्यकर्मी जो फाजिलमा छन्, उनीहरुलाई प्राथमिकता दिइने छ।

यसभन्दा अगाडी नै जनस्वास्थ्य निरीक्षक परिचालनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी भएको थियो। तर, विभिन्न निकायकाट कार्यविधि स्पष्ट नभएका कारण पुन संशोधन  गर्न माग उठेको थियो।

जनस्वास्थ्य निरीक्षक काम 

जनस्वास्थ्य निरीक्षकहरुले स्वास्थ्य कार्यालयका प्रमुख तथा स्थानीयतहका स्वास्थ्य संयोजकको समन्वयमा काम गर्नुपर्नेछ।

जनस्वास्थ्य निरीक्षकले ३ तहको जनस्वास्थ्य समन्वय गर्न, क्वारेन्टाइन र आइसोलसन निगरानी गर्न, केस इन्भेस्टीगेसन, कन्टयाक्ट ट्रेसिङ, स्क्रिनिङ्ग, हेल्थ डेस्क, उपचार र संचार गतिविधिहरु सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्यवमा संचालन गर्नेछन्।

यस्तै, जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन, जनचेतनामुलक गतिविधि संचालन, जनस्वास्थ्य मापदण्डबारे जानकारी तथा परामर्श, सरकारबाट जारी मापदण्ड पालना नगर्ने व्यक्ति तथा संस्थाहरुको सूची तयार गरी कारबाहीका लागि सिफारिस गर्ने, जोखिम स्थानको पहिचानका लागि सूचना संकलन र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेश गर्नुपर्ने कार्यविधीमा उल्लेख गरिएको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *