नर्सिङ तथा केयर होममा इजरायल जानेको नतिजा प्रकाशित (सूचीसहित)

हेल्थपोस्ट नेपाल

नर्सिङ होम तथा केयर होमलगायत संस्थामा इजरायल जान इच्छुक दिएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभाग परीक्षामा २ हजार ३९ जना पास भएका छन्। त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन्।

परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र लिएका थिए।

जसध्ये परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्र परीक्षा सञ्चालन भएको हो।

अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्ता मार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाई मासिक १६ सय अमेरिकी डलर हुने उल्लेख छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *