चीनमा पढेका डाक्टर इन्टर्नसिपको माग गर्दै सडकमा

हेल्थपोस्ट नेपाल

चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मंगलबार राजधानीमा प्रदर्शन भएको छ ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ । उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्षण गराएका थिए ।

३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थी ले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *