आयुर्वेद चिकित्सक सघंको महाधिवेशन अगामी २४ र २५ मा

हेल्थपोस्ट नेपाल

नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ। कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

संघका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए। महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *