बालबालिकालाई कोरोना खोप : कुन देशका कस्तो र कसरी दिइदैँछ?

हेल्थपोस्ट नेपाल

१८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन्।

अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ। प्रम्ख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन्। खोप विकासमा नयाँ फड्को मारेको चीनले तीन वर्षदेखि १८ वर्ष समूहका व्यक्तिलाई लक्षित गरी खोप तयार गरेको छ।

के हुँदैछ युरोपमा ?

युरोपको मेडिकल निकाय इएमएले यही मेमा १२ देखि १५ वर्षका बालबालिकालाई फाइजरको खोप अनुमति दिएपछि युरोपेली देशका बालबालिकामा खोप अभियान जारी छ। डेनमार्क र स्पेनका अधिकांश बालबालिकाले खोप लगाइसकेका छन्।

फ्रान्समा १२ देखि १७ वर्ष उमेर समूहका ६६ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ५२ प्रतिशतले पूर्णखोप लगाएका छन्। अक्टोबरसम्म १२ देखि १८ वर्षसम्मका सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ।

जर्मनीका स्वास्थ्य विज्ञले जुनमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन सुझाएका थिए। स्वीडेन र नर्वेमा पनि बालबालिकामा खोप अभियान सुरु गरिएको छ। मेमा अमेरिका र क्यानडाले १२ वर्षमाथिका बालबालिकालाई फाइजर दिन सकिने जनाएको थियो। अमेरिकामा कतिपय बालबालिकालाई पहिलो डोज फाइजर र दोस्रो डोज मोडेर्ना दिईएको छ। डेल्टा भेरिअन्ट फैलिएसँगै अमेरिकाले खोप अभियान तीब्र पारेको छ।

चीनमा तीन वर्षमाथिकाले लगाउन सक्ने

चीनले तीनदेखि १७ वर्षका बालबालिकालाई सिनोभ्याक लगाउन अनुमति दिएको छ। चीनमा कोभिड खोप अनिवार्य बनाइएको छ। पूर्ण खोप लगाएका व्यक्तिका सन्तान मात्र विद्यालय जान पाउँछन्।

त्यस्तै, चिली सरकारले ६ देखि १७ वर्षका बालबालिकालाइ खोप लगाउन अनुमति दिएको छ। तर, खोप कार्यक्रम सुरु भएको छैन्। कोरोनाबाट प्रभावित भारतमा यही अगस्टमा स्थानीय औषधी कम्पनीले तयार पारेको खोपले १२ वर्षमाथि किशोर किशोरीका लागि अनुमति पाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *