गोदानको प्रश्न : स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी खोइ?

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंसोधन गरेको प्रस्तावित दरबन्दी तेरिजमा चिकित्सक समावेश नभएको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले आपत्ती जनाएको छ ।
संघले संशोधन गरेर नयाँ दरबन्दी बनाउँदा पनि चिकित्सकलाई समावेश नगरेको भन्दै आपत्ति जनाएको हो।
गोदानको एक विज्ञप्तीमा जारी गर्दै ‘नर्सिङ अधिकृत, जनस्वास्थ्य स्वास्थ्य अधिकृत जस्ता अरु विधाका स्वास्थ्यकर्मीहरू समावेश गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण रहेको जनाएको छ।
गोदानले मेडिकल अधिकृतदेखि विशेषज्ञहरुलाई मन्त्रालय विभाग, महाशाखा शाखा आदिमा दरबन्दी राखी अनिवार्य रुपमा नीति निर्माणको तहलाई थप बौद्धिक सबल दुरदर्शी होस भन्न चाहेको समेत उल्लेख गरेको छ।
‘चिकित्सा शिक्षा पढेका, स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक वर्गलाई नीति निर्माणको तहका लागि नियोजित रुपमै अयोग्य देखाउन खोजिनु निकै खेदपूर्ण हीन भावना र कुण्ठाले भरिएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
गोदानले तुरुन्तै तेरिज दरबन्दी सुधार गर्न अनुरोध गरेको छ। चिकित्सकलाई यसरी लगाउने प्रयास गरेमा विरोध र थप आन्दोलनका कार्यक्रम हुने चेतावनी समेत दिएको छ।