बागमती प्रदेशमा जनरल नर्सिङ दरबन्दी नराखेकोमा गोनानको असन्तुष्टि

हेल्थपोस्ट नेपाल

बागमती प्रस्तावित दरबन्दीलाई सरकारी सेवामा आबद्द नर्सहरूको संघ नेपाल (गोनान) असन्तुष्टि जनाएको छ।

गोनानले एक विज्ञप्ति निकाल्दै जनरल नर्सिङ दरबन्दी नभएको भन्दै विरोध जनाएको हो।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल नर्सिङ दरबन्दी राख्नुपर्ने उल्लेख गरिएको छ।

‘दुई बर्ष देखि कोरोना प्रकोपमा जनरल नर्सिङ भूमिका अस्पतालमा कति छ भन्ने प्रष्ट देखियो,’ विज्ञप्तिमा भनिएको छ,‘ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल नर्सिङ दरबन्दी राख्नुपर्ने उल्टै नियत वस छुट्टाएको भान भएको छ।’

गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले जनरल नर्सिङ जनशक्ति उत्पादन हुँदा पनि प्रदेश सरकारले दरबन्दी राख्न नियतवस छुट्टाएको आरोप लगाइन्।

‘यस विषयमा गोनान गम्भिर ध्यानकर्षण भएको छ। उक्त दरबन्दी तेरिजमा आवश्यकता अनुसार दरबन्दी उल्लेख गरियोस्,’ श्रेष्ठले भनिन्।

गोनानले स्वास्थ्य सम्बन्धि नीति तथा कार्ययोजना बनाउँदा स्वास्थ्य क्षेत्रको अत्यावश्यक नर्स जनशक्तिको प्रतिनिधित्व गराउन माग समेत गरेको छ।

सोमबार नै बागमती प्रदेश सरकारले ११ औं तहको प्राविधिक सचिवको नेतृत्वमा प्रस्तावित दरबन्दी पेश गरेको छ। यसअघि प्रशासनिक सचिवको दरबन्दी पेश भएको थियो। तर, स्वास्थ्यका विभिन्न संगठनको विरोध पछि पुन सच्याएर पेश भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *