बागमती प्रदेशले पायो प्राविधिक सचिव

हेल्थपोस्ट नेपाल

बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय गठन गरेसँगै मन्त्रालयका लागि आवश्यक दरबन्दीको प्रस्ताव समेत गरिएको छ।

बागमती प्रदेशमा गठन भएको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा तर्फको सचिव पाउने भएको छ। योसँगै स्वास्थ्य प्राविधिकतर्फका कर्मचारी सचिव हुनेछन्।

यसअघि स्वास्थ्य मन्त्रालयमा सचिव प्रशासनतर्फको दरबन्दी पठाइएको थियो। तर, स्वास्थ्यका मुल संगठनको विरोधपछि बागमती प्रदेश सरकारले ११ औं तहको दरबन्दी प्रस्तावित गरेको छ।

उपसचिवमा भने ९र१० औं तहका प्रशासनतर्फका कर्मचारी रहने छन्।

बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालय विभाजन गरी स्वास्थ्य मन्त्रालय स्थापना भएको छ।

स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाकै विशेषज्ञ चिकित्सक हुनुपर्ने र अन्य सेवा समूह जस्तै मेडिकल अधिकृतदिख विशेषज्ञ चिकित्सकसम्मलाई मन्त्रालय, विभाग देखि महाशाखा तथा शाखामा दरबन्दी राख्न माग राख्न स्वास्थ्यका संगठनले माग गरेका थिए।

गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त भएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *