केडीसी हस्पिटलले त्रिभुवन विमानस्थलमै सञ्चालनमा ल्यायो पिसिआरको सुविधा

हेल्थपोस्ट नेपाल

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न मुलुकहरुमा जानेका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा र्यापिट पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ।

पछिल्लो समयमा नेपालबाट विमानस्थल हुदै बाहिरिने व्यक्तिहरुका लागी ७२ घण्टा (३ दिन) र विमान उड्नुभन्दा ४ घण्टा भित्रको पिसिआरलाई अनिवार्य गरेसँगै जाँच गराउनेहरुको घुइँचो दिनानुदिन बढिरहेको छ। यसै कुरालाई मध्यनजर गर्दै यस अस्पतालले विमानस्थल परिसर भित्र यो सुविधाको विस्तार गरेको हो।

केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताए । उनले आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध  हुनेछ।

दन्त स्वास्थ्यमा एउटा छुट्टै छवि बनाएको यस संस्थाले जेनरल हस्पिटलको सेवा सुचारु गरेको पनि लगभग ८ वर्ष भैसकेको छ। तसर्थ, आगामी दिनमा यस संस्थाले विभिन्न किसिमका स्वास्थ्य सेवा विस्तार गर्दै सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्ने कुरा पनि जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *