सोमबार एक हजार ४८६ जना संक्रमित थपिए, १६ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५३९ गरिएको नुमना परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा एक हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ।

देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित छन्। जसमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा एक हजार ६७२ संक्रमित छन्।

त्यसैगरी सोमबार १३४ भेन्टिलेटरमा सहित ४७५ जना आइसियुमा राखी उपचार भइरहेको छ। देशभर २६२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *