अब शनिबार र सार्वजनिक विदाको दिनमा पनि नर्भिकले ओपिडी सेवा दिने

हेल्थपोस्ट नेपाल

थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालन गर्ने भएको छ ।

तिजको विदाको दिन पनि नर्भिकले ओपिडी सेवा संचालन गरेको थियो। अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

उनका अनुसार व्यस्त काठमाडैंबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी संचालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।

यसैगरी, नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत संचालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए ।

दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा संचालन गर्ने तयारी भइरहेको हो ।

यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूट सम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तराष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ। यो अफर यो सातासम्म जारी रहनेछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *