चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्तिसिटको प्रि–म्याचिङ (सूचीसहित)

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह म्याचिङको सूचना प्रकाशित गरेको छ।

आयोगले एक सूचना जारी गर्दै छात्रबृत्ति, आरक्षण तथा विदेशी तर्फको म्याचिङ हुने सिटमा प्रि म्याचिङ मनोनयन सम्वन्धी सूची प्रकाशित गरेको हो।

आयोगले चिकित्सा शिक्षाका स्नातक तहमा सबै विश्वविद्यालय र त्यसअन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुमा यसै शैक्षिक सत्रका लागि सञ्चालिन एकीकृत प्रवेश परीक्षाको योग्यताक्रमका र परीक्षार्थीहरुले निर्धारण गरेको प्राथमिकताका आधारलाई आधार बनाएर सो सूची प्रकाशित गरेको जनाएको छ।

सूचीमा सूचिकृत भएका विद्यार्थी ३१ भदौ अपरान्ह ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भएको जानकारी दिनुपर्ने आयोगले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *