बीपीमा ओपिडीसहित सबै सेवा सुचारु, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

हेल्थपोस्ट नेपाल

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवाहरु सुचारु भएको छ।

स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध गरेसँगै संयुक्त संघर्ष समितिले आन्दोलनरत स्थगित गरेको हो।

संयुक्त संघर्ष समिति विज्ञप्तीमार्फत सबै पक्षबाट आएको सल्लाहलाई मध्यनजर गर्दै सेवा बहिष्कारको आन्दोलनलाई तत्काल स्थगित गरिएको जनाएको छ । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरु पनि सुचारु भएको छ ओपिडी सेवा सुचारु गरेपनि उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत राखेको संघर्ष समितिका संयोजक डा.एसपी रिमाल जनाकारी दिए।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले इर्मजेन्सी र कोभिड

अस्पतालबाहेक सबै सेवाहरु बहिष्कार गरेको थियो। आन्दोलनको सहमतिहरु पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिको भनाई छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *