अस्पताल ध्वस्त पार्ने धम्की दिएर बम राख्ने तीन जना समातिए

हेल्थपोस्ट नेपाल

पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीले प्रकाउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरि आइतवार सार्वजिक गरेको हो। पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २५ वर्षिय आशिष गुरुङ्, २० वर्षीय अभिषेक कुँवर र रोल्पाका ४० वर्षीय अमरबहादुर रोक्का मगर रहेका छन्।

भदौं २४ गते मात्रिका आई सेन्टर रहेको भवनको तेस्रो तल्लाको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती मागेको अनुसन्धानमा देखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

पैसा नदिएको खण्डमा अस्पताल नै धवस्त पार्ने समेत उनीहरूले धम्की दिएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *