कोरोना संक्रमित वृद्ध मृत फेला

हेल्थपोस्ट नेपाल

झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना संक्रमण वृद्ध मृत फेला परेका छन् ।

आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गत शुक्रबार उनलाई संक्रमण पुष्टि भएको थियो। संक्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारी बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *