नेपाली वैज्ञानिकको टोलीले पत्ता लगायो इबोला भाइरसको म्यूटेसन देखिने कारण

हेल्थपोस्ट नेपाल

भाइरस संक्रमण सँग समय सँगै म्यूटेसन देखा पर्दछन् र नयाँ नयाँ भेरियन्टको उत्पन्न हुन्छ। अतिनै जघन्य मानिएको इबोला भाइरसमा पनि पछिल्लो महामारीमा थुप्रै नयाँ म्यूटेसन देखा परेका थिए। केही यस्ता म्युटेसनले भाइरस लाई थप घातक बनाउने गर्छन।

विगतमा इबोला भाइरसमा यसरी देखा परेका नयाँ नयाँ म्यूटेसनको केही अध्ययन भए पनि यस्तो म्यूटेसन उत्पन्न हुने प्रक्रिया र विशेष गरी प्रोटीनमा नदेखिने म्यूटेसनको प्रभावको बारेमा थाहा हुन सकेको थिएन।

हाल अमेरिकाको मेयो क्लिनिकमा कार्यरत नेपाली वैज्ञानिक डा. सुदिप खड्काको अगुवाइमा उनी पहिले कार्यरत जर्जिया स्टेटको इन्स्टिच्युट अफ बायोमेडिकल साइन्समा गरिएको अध्ययनले यस्तो म्यूटेसन शरीरको प्रतिरोध क्षमताले गर्दा गराउन सक्ने देखाएको छ।

इबोला भाइरसले शरीरको प्रतिरोधी क्षमतालाई उल्टो आफ्नो हितमा प्रयोजन गर्न सक्ने सोही अध्ययनले खुलाएको छ। सोही अध्ययनले यस्ता म्यूटेसनले गर्दा इबोला भाइरसको प्रोटीन उत्पादनमा वृद्धि हुने र जैविक तत्वलाई शरीरले सशक्त रूपमा पहिचान गर्न नसकी भाइरस लुक्न मद्दत गर्ने पनि देखाएको छ।

उनको यो शोधपत्र भाइरोलोजी सम्बन्धी शोध प्रकाशित गर्ने प्रतिष्ठित जर्नल अफ भाईरोलोजिमा प्रकाशित भएको छ। उक्त जर्नलले यस खोज लाई ’विशेष महत्वको अनुसन्धान’को संज्ञा दिँदै उच्च प्राथमिकताका साथ प्रकाशित गरेको छ।

यस अनुसन्धानले इबोला भाइरस संक्रमण सम्बन्धी नयाँ आयाम थपेको छ भने यस्तै प्रक्रिया कोरोना जस्ता अन्य आरएनए भाइरसले समेत अपनाउन सक्ने हुँदा भाइरसको नयाँ भेरियन्ट उत्पादन प्रक्रिया उजागर गर्न थप मद्दत पुग्ने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *