९९४ कोरोना संक्रमित थपिए, १३६८ निको भए

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा थप ९९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल ९ हजार ८४० नमुना परीक्षणमा ९९४ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ६ हजार १३७ पिसिआर परीक्षणमा ७७७ जना तथा ३ हजार ७०३ एन्टिजेन परीक्षणमा २१७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा १ हजार ३६८ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

हाल देशभरि २७ हजार ३५५ संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। जसमध्ये २५ हजार ७०८ होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४७ संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये ४५६ को आइसियुमा र १२२ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख ६२ हजार ९४६ पुगेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ भने संक्रमणकै कारण १० हजार ९३६ जनाले ज्यान गुमाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *