पाँच देखि ११ वर्षका बालबालिकालाई अक्टोबरबाट कोरोनाको खोप लगाइने

अमेरिकाले पाँच वर्ष देखि ११ वर्षका बालबालिकामा लगाइने कोरोना विरुद्धको खोप लगाउन फाइजरलाई अनुमति दिएको छ।
अक्टोबर महिनाबाट बालबालिकामा खोप लगाउन अमेरिकाका अधिकारी र फाइजर कम्पनी बीच कुरा भइरहेको रोइटरसले जानकारी दिएको छ।
फाइजरले बालबालिकामा खोपको असर देखिन्छ कि देखिँदैन भनेर अनुसन्धान गरिरहेको छ। उक्त डाटा पेश गरेपछि सुरक्षित रहे अमेरिकाका बालबालिकाहरुलाई लगाउन सुरु गरिने छ।
त्यस्तै, मोर्डनाले पनि बालबालिकाका लागि खोप तयार गर्दैछ।