कलेजो फेलभएपछि डा. भिमसिंह टिंकरी अस्पताल भर्ना

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बरिष्ठ सहसचिव डा. भिमसिंह टिंकरी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख समेत रहेका डाक्टर टिंकरीको कलेजो फेल भएपछि त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन्।

हाल उनी अस्पतालको ग्यास्ट्रो विभागमा उपचाररत छन्।

टिंकरीलाई सरकारले हालै उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसका अवसरमा उनी सहित ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *