चिकित्सा शिक्षा अध्ययनका लागि तोकिए शिक्षण संस्था

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ विभिन्न कार्यक्रम संचालन गर्ने सार्वजनिक शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ।

आयोगले सार्वजनिक गरेको शिक्षण संस्थाहरु मध्य नै आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुले छनोट गर्नेछन्। कानुनी व्यवस्था अनुसार सार्वजनिक शिक्षण संस्थामा अध्यापन गर्ने विद्यार्थीहरुलाई ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ।

आयोगले स्नातक तहमा १४ वटा विषय अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो, जसमा १० हजार विद्यार्थी उत्तीर्ण भएका थिए। ती विद्यार्थीहरुका लागि आयोगले विषय अनुसार अध्ययन संस्थान तोकिदिएको छ।

एमबिबिएस विषयका लागि पाँचवटा शिक्षण संस्थाहरु तोकिएको छ।

त्यस्तै, विडिएस, बि ओप्टोमेट्रीका लागि २/२, विएससी नर्सिङका लागि १२ वटा, विएएसएलपी र विपिटीको लागि १/१ क्याम्पस तोकिएको छ।

बि परफ्युसन टेक्नोलोजीमा र बिएएमएसको लागि २/२, विएनएसको लागि १३, बिएनएस मिडवाइफ्री र बिएससी एमआईटीका लागि ३/३, बिएससी एमएलटीको लागि ७, बि फार्मका लागि ६ र विपिएचका लागि ८ वटा सार्वजनिक शिक्षण संस्था तोकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *