यस्तो छ प्रतिस्थापन विधेयकमा समेटिएको स्वास्थ्यका प्रमुख विषय (सूचीसहित)

हेल्थपोस्ट नेपाल

सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ।

चालु आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट संसदमा प्रस्तुत अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य क्षेत्रका केही प्रमुख विषयहरू समेटेका छन्।

जसमा कोरोना महामारीका कारण रोजगारी  गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने विद्येयकमा उल्लेख छ।

त्यसैगरी, क्यान्सर एवम मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ।

मन्त्री शर्माले बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, गोष्ठी खर्च, भ्रमण खर्चलगायत चालु खर्चमा न्यूनतम १० प्रतिशत कटौती गरी बचेको ५ अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदका लागि उपयोग गरिने जानकारी दिए।

कोभिड–१९ विरुद्धको खोप लगाउनयोग्य सबै नेपालीलाई यथाशक्य चाँडो निःशुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चितता मिलाएको भन्दै हालसम्म एक करोड ३३ लाख ५९ हजार मात्रा खोप नेपाल भित्रिसकेको र अब करिब तीन करोड मात्रा प्राप्त हुनेक्रममा मन्त्री शर्माले बताए।

त्यसैगरी, शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गर्ने पनि शंसोधित बजेटमा उल्लेख गरिएको छ । साथै , संशोधित बजेटमा स्वास्थ्य खोप, अक्सिजन ग्यास र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिका दुई वर्षसम्म पचास प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *