अब हरेक स्थानीय तहमा एक जना मनोपरामर्शकर्ता

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ लागू गर्ने भएको छ।

हरेक जिल्ला अस्पताल र स्थानीय तहमा एक जना मनोपरामर्शकर्ता सेवा विस्तार गरिने पनि मन्त्रालयले जनाएको छ ।

प्रमुख प्राथमिकतामा राखेर नसर्ने रोग र मानिसक स्वास्थ्य कार्यक्रमलाई अगाडी बढाउने तयारी भएको मन्त्रालयका सचिव डा. रोसन पोखरेलले जानकारी दिए।

मन्त्रालयले देशभरिका मानसिक रोगका लागि तेह्रवटा ठूला अस्पतालहरूमा १० शय्याको दरले १३० वडा थप्ने कार्ययोेजना बनाएको छ।

यस आर्थिक वर्षमा मात्रै साइकोट्रोफिक ड्रग खरिदअन्तर्गत सबै प्रदेशमा ५० लाखको दरले बजेट विनियोजन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपि बिच्छाले जानकारी दिए।

जसले मानसिक स्वास्थ्यसम्बन्धी औषधि आपूर्तिमा सहज र्पुयाउने डा. बिच्छाको भनाई छ।

त्यस्तै, मानसिक अस्पतालमा नेसनल सुसाइड प्रिभेन्सन हेल्पलाइन ११६६ सञ्चालनमा आएको छ। जस सेवा मार्फत आफ्ना मनमा लागेका जिज्ञासा सोध्न सकिने छ।

कसैलाई मनमा गाहो भएको, तनाव सामना गर्न गाहे भएको वा आफैंलाई हानि हुने वा दुख दिन मन लागेको छ भन्ने ११६६ मार्फत परामर्श लिन सकिनेछ। तर, फोनमा गरेको कुराहरू गोप्य राखिने मन्त्रालयले जनाएको छ।

हालसम्म ४२ जिल्लामा लागू भएको सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमा आगामी दुई वर्षभित्र ७७ जिल्लामा विस्तार गरिने मन्त्रालयले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *