अब शिक्षकको उपचारका लागि छुट्टै अस्पताल

हेल्थपोस्ट नेपाल

सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै उक्त जानकारी दिएका हुन्।

शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ।

निजामती कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको छुट्टै अस्पताल छ। सरकारले शिक्षकका लागि यस्तै खालको अस्पताल बनाउन तयारी गरेको हो।

त्यसैगरी, सरकारले  पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ। कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन भएकाे शर्माले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *