सरकारले गरिब नागरिकलाई १० हजारको दरले पैसा दिने

हेल्थपोस्ट नेपाल

सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।

त्यसैगरी, सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। नेकपा एमालेको विरोधबीच सरकारले प्रतिष्ठापन विधेयक ल्याएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *