देशभरबाट थपिए ११४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ५४९ नमुनाको पिसीआर परीक्षणमा ९६१ र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा १ हजार ६६० जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ। तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भइसकेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ। तीमध्ये २६ हजार २९६ होम आइसोलेसनमा छन् भने १ हजार ६६२ संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये ४५८ जनाको आइसियु र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *