७० प्रतिशत मृत्युदर रहेको निपा भाइरस नेपालमा फैलिने जोखिम कति?

हेल्थपोस्ट नेपाल

निपा भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै इर्वास (अर्ली वार्निङ रिर्पोटिङ सिस्टम) सेन्टिनेल साइट तथा अस्पतालहरुलाई सजग रहन निर्देशन दिएको छ।

रोगको यकिन निदान नहुँदै वा तिब्र रुपमा बिरामीको स्वास्थ्य अवस्था विग्रदै गएका वा मृत्यु भएका विरामीहरुको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरण गर्ने प्रबन्ध इर्वास रिर्पोटिङ मार्फत गर्न सूचित गर्न भनिएको छ।

त्यस्तै, इडिसिडीले उक्त किसिमको अवस्था स्वास्थ्य संख्यामा देखिएमा विरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छिटो पठाउन निर्देशन गरेको छ।

 निपा भाइरस नेपालमा फैलिने जोखिम कति?

निपा भाइरस चमेरोबाट मानिसमा सर्ने रोग हो। हेन्द्रा भाइरसबाट सर्ने यो रोग फ्रूट ब्याटु भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यो रोग संक्रमित चमेरो, सुगुर तथा मानिसको प्रत्यक्ष सम्पर्कमा आए सर्ने गर्दछ।

यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

मलेसियाको कम्पुङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको थियो । त्यसपछि त्यो भाइरसलाई ‘निपाह’ नाम दिइयो । त्यतिबेला सुँगुरको माध्यमबाट यो भाइरस सरेको थियो ।तर, त्यसपछि जहाँजहाँ एनआईभीको बारेमा थाहा भयो, यस भाइरस फैलिने माध्यम सुँगुर थिएन। यो भाईरसको नाम एनआईभी राखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार निपाह भाइरस (एनआईभी) निकै छिटो फैलिने भाइरस हो जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ।

निपा भाइरस भएमा मानिसहरुको मृत्युदर झण्डै ७० प्रतिशत रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिर्सच युनिटका संयोजक डा. शेर बहादुर पुनले बताए।

उनका अनुसार यो रोग लागेका मानिसहरुको स्नायु प्रणालीमा असर गर्दछ भने मानिसलाई बेहोस पार्ने देखि कोमामा पनि पु¥याउँदछ।

नेपालमा हालसम्म पनि निपा भाइरस भेटिएको प्रमाण छैन। बंगलादेशमा हरेक वर्ष देखिने यो रोग छिमेरी देश भारतमा पनि हालसम्म तीन पटक सम्म देखिएको छ। बंगलादेशमा हरेक वर्ष २÷३०० मानिस निपा भाइरसको संक्रमण देखिने गरेको छ।

भारतको सिलिगुडीसम्म यो रोगगको संक्रमण भेटिइसकेको छ। नेपालसँग खुला सिमाना भएका कारण भारतबाट नेपालमा सर्न सक्ने निकै सम्भावना भएको भन्दै स्वास्थ्य मन्त्रालयले सजग अपनाउन सुझाव दिएको छ।

२०१६ सालमा नेपालमा पनि निपा भाइरस फैलिएको आशंका गरिएको थियो। मोरङ जिल्लाको लेताङ र राजविराजमा झण्डै ७ देखि ८ जना बालबालिकाका मृत्यु भएको थियो।

इडिसिडिका पूर्व प्रमुख तथा जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी सहितका टोलीले पूर्वी नेपालमा पनि संक्रमण फैलिएको आशंका गरेर अनुसन्धान अघि बढाएका थिए। झण्डै ४० जना ज्वरो आएका विरामीको नमुना संकलन गरेर भारतको पुनेमा रहेको ‘नेश्नल इन्सिच्युट अफ भाइरोलोजी’ मा पठाइएको थियो। त्यस्तै, सोही नमुना बंगलादेशमा पनि परीक्षणका लागि पठाएको थियो। तर निपा भाइरस भएको पत्ता लगेन। कुनै पनि नमुनामा निपा भाइरस नभेटिएको डा. मरासिनीले बताए।

‘नमुनामा निपा नदेखिएपछि हामीले दमक, काकरभित्ता, मोरङका विभिन्न जंगल, बाँस भएका ठाउँमा चमेरो छ कि छैन भनेर खोजेका थियों। मानिससँग पनि सोधपुछ गरेर अनुसन्धान गर्दा कहीँ कतै पनि चमेरो नभेटेपछि निपा भाइरस नेपालमा नफैलिएको निष्कर्ष निकालिएको हो,’ उनले भने।

सिलिगुडी र नेपालको सिमाना जम्मा २८ किलोमिटरको फरक रहेको छ। यस्तोमा भारतको चमेरो तथा संक्रमित व्यक्ति नेपालमा सजिलैसँग छिर्न सक्दछ। तर नेपालको पूर्वी भेगमा त्यति चमेराको बास नभएका कारण संक्रमण फैलन सक्ने कमै सम्भावना रहेको छ, डा. मरासिनीले बताइए।

बिरामीको लक्षण

मानिस वा जनावरलाई यस बिरामीबाट निको बनाउन हालसम्म कुनै पनि औषधि वा सुई बनेको छैन। राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार निपाह भाइरसको इन्फेक्सन इन्सफ्लाइटिससँग सम्बन्धित छ जसले दिमागमा क्षति पुर्यााउँछ । यो भाइरस पाँचदेखि १४ दिनसम्म शरीरभित्र प्रवेश गरेको खण्डमा तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउँछ र टाउको पनि असाध्यै दुख्छ ।

मानिसमा एनआईभी संक्रमण भयो भने श्वास प्रस्वास सम्बन्धी गम्भीर समस्या देखिन्छ। जुन ज्यानमारा इन्सफ्लाइटिस पनि हुनसक्छ । यो लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी कोमामा पुग्न सक्छ। संक्रमणको शुरुवाती चरणमा सास फेर्न गाह्रो हुन्छ । केही बिरामीहरुलाई स्नायूसम्बन्धी समस्या पनि हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *