फाइजरकाे खोप राख्न मिल्ने चारवटा फ्रिज नेपालमा

हेल्थपोस्ट नेपाल

कोभिड १९ विरुद्धको फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा फ्रिज नेपाल भित्रिएको छ।

कोभ्याक्स सुविधा अन्तरर्गत युनिसेफ मार्फत आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने क्षमता रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

उक्त फ्रिजरमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म खोप भण्डारण गर्न मिल्छ। ती खोप फ्रिजर टेकुमा राखिने छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले चारवटा फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने कूल १ लाख २० हजार डोज खोप राख्न सकिने बताए।

नेपालले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दिन भन्दै ६० लाख डोज फाइजर खोप खरीद गर्ने सम्झौता गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख डोज आगामी डिसेम्बरमा र १० लाख डोज जनवरीमा आउने तालिका रहेको उल्लेख छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा अहिलेसम्म त्यस खालको भण्डारकक्ष थिएन।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *