प्रतिमान निमा मेमोरियल फाउन्डेशनद्वारा एक करोडको स्वास्थ्य सामाग्री सहयोग

हेल्थपोस्ट नेपाल

प्रतिमान निमा मेमोरियल फाउन्डेशनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्नेगरी सामाग्री हस्तान्तरण गरिएको हो।

बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशबराज पाण्डे लगायतकाको उपस्थितीमा फाउन्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

फाउन्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका बिभिन्न सामाग्री सहयोग गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नागरिकको स्वास्थ्यमा बिशेष ध्यानदिन प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय निर्माण गरिएको बताइन्।

प्रतिमान निमा मेमोरियल फाउन्डेशनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दे उनले स्वास्थ्यको गम्भिरतालाई ध्यानमा राखेर प्रदेशमा छुटै स्वास्थ्य मन्त्रालय बनाएको जानकारी दिए।

प्रदेश सरकारले तीनै तहका सरकारका विचमा पुलको काम गर्न सक्ने बताउदै कोरोनाको महामारीको समयमा सरकार एक्लैले भन्दा पनि सबैको सहयोगबाट नियन्त्रण गर्न सक्ने बताए।

सरकारी र निजी क्षेत्र मिलेर कोरोना नियन्त्रणमा काम गरिने मुख्यमन्त्री शाक्यले बताए। स्वास्थ्य सामाग्री हस्तान्तरणले प्रदेश सरकार खुसी भएका र यी समाग्रीको दुरुपयोग हुन नदिइकन सदुपयोग हुने बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीले बताए।

प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन्।

प्रतिष्ठानले सात प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *