यस्ता छन् निजी अस्पतालका १० बेथेति

सरकारले निजी अस्पतालहरुको अनुगमनका क्रममा अधिकांश अस्पतालमा केही कमीकमजोरी औंल्याएको छ।
स्वास्थ्य सेवा विभागले ५१ देखि २०० शय्यासम्मका ८१ वटा अस्पतालको अनुगमन गरेको थियो। अनुगमनको क्रममा प्रमुख १० कमीकमजोरी पाएको थियो।
महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा अस्पतालको अनुगमनका क्रममा अधिकांश अस्पतालमा रहेका मुख्य १० बेथेति उल्लेख गरिएको छ।
जसमा भौतिक संरचना कमजोर, आवासीय तथा व्यापारिक प्रयोजनका लागि बनेका ठाउँमा सञ्चालन, कार्ययोजना अनुसार काम नगरेको, उपकरण तथा औजार मापदण्ड अनुसार व्यवस्थापन नभएको, मापदण्ड अनुसार प्रयोगशाला नभएको प्रतिदेदनमा उल्लेख छ।
त्यसैगरी, ज्येष्ठ नागरिक कक्ष नरहेको, फोहोरमैलाको उचित व्यवस्थापन नभएको, सघन उपचार कक्ष तथा नर्सिङ कर्मचारी तोकिएको अनुपातभन्दा घटी राखेको, संक्रामक रोगको लागि उचित प्रबन्ध नगरेको, अधिकांश अस्पतालका जनशक्ति पूर्णकालिन नरहेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अनुगमनका क्रममा भेटिएका यी समस्या हरेक वर्षजस्तै दोहोरिने तर सुधार नभएको महालेखाले जनाएको छ।
‘हरेक बर्षको अनुगमनबाट कमजोरीहरू देखिए तापनि आगामी दिनमा सुधार गर्न शर्तमा बर्षेनी नवीकरण गरेकोमा सोही व्यहोराहरू पुनरावृत्ति भइरहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मापदण्डअनुसार सञ्चालन नभएका स्वास्थ्य संस्थालाई कारबार्ही गर्नुपर्दछ।’
पैसाको लागि निजी अस्पतालमा अनुगमन जानु हुन्छ । सरकारी अस्पतालको हालत कस्तो छ त्यहाँ पैसा नपाउने भएर अनुगमन हुँदैन ।