सरकारले स्वीकृत गर्‍यो बिपीका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीको राजीनामा

हेल्थपोस्ट नेपाल

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले दिएको राजीनामा सरकारले स्वकीकृत गरेको छ।

प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेर बहादुरले रेग्मीले दिएको राजीनामा बिहिबार स्वीकृत गरेका हुन्।

सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने तर्क सहित रेग्मीले भदौं ११ गते राजीनामा दिएका थिए।

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो।

त्यसपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बीपी प्रतिष्ठानमा साउन २८ गते छापा मारेको थियो।

प्रतिष्ठानका पदाधिकारीले अनियमिता गरेको आरोपमा चिकित्सक तथा विद्यार्थीले राजीनामा माग राखेका छन्।

धरानमा आन्दोलन जारी रहेपनि रजिष्ट्रारबाहेक अन्य पदाधिकारीले राजिनामा दिन अटेरी गरिहेका छन्। उनीहरुलाई हटाउन प्रक्रियाका लागि पनि सहकूलपतिको अध्यक्षतामा तीन सदस्यीय समिति गठन हुनुपर्छ, अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहेकोले समिति गठनमा प्राविधिक कठीनाई भइरहेको छ।

मन्त्रीमण्डल पुर्नगठनसँगै नयाँ स्वास्थ्य मन्त्री नियुक्ती वा वर्तमान राज्यमन्त्रीलाई नै सम्पूर्ण अधिकारसहित जिम्मेवारी दिएपछिप्रक्रिया अगाडि बढाउँन सरकारको तयारी छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *