नेपालमा ९५ प्रतिशतले जिते कोरोना

हेल्थपोस्ट नेपाल

पछिल्ला केहीदिनयता कोरोना संक्रमणमुक्त हुने संख्या बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार दैनिक रुपमा थपिने संक्रमितको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको देखिन्छ।

पछिल्ला २४ घन्टामा १ हजार २७१ संक्रमित थपिँदा १ हजार ८४५ संक्रमणमुक्त भएका छन्।

देशभरका प्रयोगशलाबाट गरिएको ११ हजार ९४४ नुमना परीक्षणमा १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितमध्ये ९४ दशमलव ८९ प्रतिशत निको भएका छन्।

हालसम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी, ३ दशमलव ७० संक्रिय संक्रिमत र १.४१ प्रतिशत कोरोनाबाट मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा १४ जनाको संक्रमणबाट निधन भएको छ। यो सँगै कोरोनाबाट निधन हुनेको संख्या १० हजार ९०३ पुगेको छ।

बिहिबार २८ हजार ६७८ संक्रिय संक्रिमत छन्। जसमध्ये २६ हजार ८८६ होम आइसोलेसन र १ हजार ७९२ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार आज १३९ भेन्टिलेटरमा सहित ४५८ आइसियूमा उपचार भइरहेको छ।

बिहिबार २६१ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *